अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

Published on

काठमाडौं ।  व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । 

यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।

यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।

जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत रुबियोसँगको मुस्कुराउँदै हात मिलाएको तस्बिर साझा गर्दै लेख्नुभएको छ, “हाम्रो द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी विषयहरूमा भएको उपयोगी छलफलको म प्रशंसा गर्दछु ।”

यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको साइडलाइनमा सम्पन्न भएको थियो । सो अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा उपस्थित हुनुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिङ्कद्वारा सम्बोधन गर्नुभएको थियो ।

गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइने भन्सार शुल्क दर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतमाथि मस्कोबाट छुट मूल्यमा तेल खरिद गरेर युक्रेनमा जारी रुसको युद्धलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाएका थिए ।

गत हप्ता प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयात कटौती गर्न सहमति जनाएको दाबी गर्नुभएको थियो, तर यसबारेमा नयाँदिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन । रासस/एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...