प्रधानमन्त्री कार्कीको आह्वान — आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा लिनुहोस्

Published on

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै नागरिक र पक्षलाई आह्वान गर्नुभएको छ।

सूर्य आराधनाको महान् पर्व छठको अवसरमा सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई देशको स्थायित्व र लोकतान्त्रिक अभ्यास सुदृढ पार्ने अवसरका रूपमा लिन आग्रह गर्नुभएको हो।

सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।” उहाँले जनआन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नु अहिलेको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले सन्देशमा राजनीतिक असन्तुष्टि वा अडानका बाबजुद पनि शान्तिपूर्ण ढंगले विचार राखी जनताको अनुमोदनबाट लोकतान्त्रिक मार्ग अवलम्बन गर्नुपर्ने बताउनुभएको छ। “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन,” सन्देशमा भनिएको छ, “जनताको मन जितेर निर्वाचनमार्फत् अनुमोदन गराउनु लोकतन्त्रको सर्वोत्तम अभ्यास हो।”

छठ पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको सन्देश दिने उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ। सन्देशमा भनिएको छ, “पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी–तलाउका किनार र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुशी छाओस्।”

प्रधानमन्त्री कार्कीले छठ पर्व सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित हुने पर्व भएको बताउँदै यसले तराई, पहाड र हिमालबीच सांस्कृतिक सेतुको काम गर्दै आएको उल्लेख गर्नुभएको छ।

spot_img

ताजा समाचार

महासंघको ७१औँ स्थापना दिवसमा धनुषामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा धनुषा शाखाले प्रभातफेरी कार्यक्रम आयोजना...

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

काठमाडौँ । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान...

डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियान

काठमाडौँ । नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियानले...

७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको...