मन्त्री गौतमको आग्रह — निर्वाचन भाँड्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई आह्वान

Published on

काठमाडौं — नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले आगामी निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दल र पक्षहरूलाई आग्रह गर्नुभएको छ।

सोमबार काठमाडौंस्थित ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेपछि मन्त्री गौतमले सरकार अहिले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउँदै त्यसलाई विरोध गर्ने आन्दोलन आवश्यक नभएको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “बिरामीहरूको अवस्था हेर्दा निकै गाह्रो भयो। म चाहन्छु, अब मुलुक आन्दोलनमा नजाओस्। जसले सरकारको विरोध गर्नुहुन्छ वा चुनाव भाँड्न खोज्नुहुन्छ, उहाँहरूलाई अनुरोध गर्न चाहन्छु— कृपया त्यस्तो नगर्नुहोस्।”

मन्त्री गौतमले घाइतेहरूले अस्पतालको विकृति र बेथितिका विषयमा ध्यानाकर्षण गराएको बताउँदै, ती सुझावका आधारमा स्वास्थ्य संस्थाको सुधारमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँको भनाइमा, जनआन्दोलनको मर्म विकृति र बेथितिको अन्त्य हो, त्यसैले अहिले सबैले त्यसै दिशामा कार्यरत रहनुपर्ने आवश्यकता छ।

उहाँले थप गर्नुभयो, “हाम्रो जनआन्दोलनको मर्म यही थियो कि यी बेथितिहरू हटुन्। म पारदर्शी ढंगले काम गर्छु र जनतालाई प्रतिवेदन दिइरहनेछु।”

मन्त्री गौतमले त्यसपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुगेर त्यहाँ उपचाररत जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिनुभयो। सो क्रममा उहाँले अस्पतालले घाइतेहरूको उपचारमा कुनै कमी नगरेको बताउनुभयो।

उहाँले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान नदिन सबै पक्षलाई आह्वान गर्दै, ती योगदानलाई सम्मानका साथ स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...