बर्दियामा घाँस काट्न गएकी महिला बेपत्ता

Published on

काठमाडौं । बर्दिया जिल्लाको मधुवन नगरपालिका–३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली सोमबार दिउँसोदेखि बेपत्ता हुनुभएको छ। उहाँ गाईबाख्राका लागि घाँस काट्न भगरैया सामुदायिक वनतर्फ जानुभएको थियो। तर साँझसम्म घर नफर्केपछि परिवार र स्थानीयवासीले खोजी सुरु गरेका छन्। मधुवन नगरपालिका–३ का वडाध्यक्ष नारायण मल्लका अनुसार नेपालीलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली खटिएको छ। स्थानीयका अनुसार सो क्षेत्रमा पछिल्ला दिनमा पाटेबाघको गतिविधि देखिएको छ। यसै कारण बेपत्ता नेपालीलाई बाघले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...