सञ्चालनमा आएन हिल्साको मैत्री पुल

Published on

काठमाडौं । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष भइसक्दा पनि मैत्री पुल अझै सञ्चालनमा आउन सकेको छैन । चिनियाँ पक्षले निर्माण पूरा गरेको सो पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया भइरहेका कारण सञ्चाल आउन नसकेको हो ।

गत वर्ष मङ्सिरमा दुई देशको सिमामा कर्णाली नदीमाथि सो मैत्री पुल निर्माण सम्पन्न भएको थियो । एक वर्ष बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । 

निर्माण भएको पुल सञ्चालनमा आउन नसक्नुको कारणबारे हिल्साकै चिनियाँ कस्टमका अधिकारीसँग जिज्ञासा राख्दा मैत्री पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न केन्द्रमा लेखी पठाएको उहाँले बताउनुभयो । उक्त पुल सञ्चालनमा नआउँदा हिल्साबाट ताक्लाकोट आवागमनमा पैदलै हिँड्नुपर्ने अवस्था छ । नेपालका तर्फबाट सो मैत्री पुल निर्माण गर्दा समन्वयको जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले पुल सञ्चालनबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभयो । चिनियाँ पक्षबाट कुनै जानकारी नआएका कारण पुल सञ्चालनबारे केही भन्न नसकिने उहाँले जनाउनुभयो । उहाँले निर्माण गरिएको पुललाई चाँडो सञ्चालनमा ल्याउन पनि चिनियाँँ पक्षसँग आग्रह गर्नुभयो । १२० मिटर लामो सो मैत्री पुल सम्पूर्ण रूपमा निर्माण पूरा भएर पनि त्यत्तिकै छ । 

मैत्री पुल चिनियाँ पक्षले एक वर्षको अवधिमा निर्माण पुरा गर्ने गरी काम सुरु गरिएकोमा छ महिनामै बनाएको हो । पुल निर्माणका क्रममा चिनियाँ पक्षले नेपाली भूमिमा पुलको अन्तिम विन्दुबाट ३५० मिटर लम्बाइ र आठ मिटर चौडाइ कालोपत्रे सडक पनि निर्माण गरिसकेको छ । सो काम गत भदौमा १४ दिनमै गरिएको थियो । हिउँदे मौसम सुरु भइसकेका कारण अब हिउँ परेपछि पुल सञ्चालनमा आउने सम्भावना कमै रहेको स्थानीयले बताएका छन् ।   गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...