तनहुँमा सवारी दुर्घटना : एकको मृत्यु, १५ जना घाइते

Published on

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा फरक–फरक स्थानमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

पहिलो दुर्घटना आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटस्थित सडक खण्डमा दिउँसो १२ः२० बजे भएको हो। 

चितवनबाट लमजुङ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०९३७ नम्बरको गाडीका चालकले नियन्त्रण गुमाउँदा सडक छेउको भित्तामा ठोक्किएर त्यहाँ रोकी राखिएको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारीसाधनमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा लमजुङ बेसिशहर नगरपालिका–८ का ४२ वर्षीय चालक ईश्वरकुमार श्रेष्ठसहित १४ जना सवार थिए। तीमध्ये लमजुङकै ५५ वर्षीया बुधमाया तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकले जानकारी दिनुभयो। 

डीएसपी बिकका अनुसार अन्य १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको र सबैलाई उपचारका लागि दमौली  र आँबुखैरेनी अस्पतालमा पठाइएको बताउनुभयो।

“माइक्रो चालकले सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” सूचना अधिकारी बिकले भन्नुभयो, “दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।” 

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।  दुर्घटनाका कारण केही समय पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भए पनि पछि सञ्चालनमा आएको थियो।

यसैबीच, मङ्गलबार बिहान आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित पृथ्वी राजमार्गमा भएको थियो। डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको प्रदेश ०२–०२१ प १५३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बिएइ १६६८ नम्बरको स्कारपियोले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक बारा सिमरा उपमहानगरपालिका–४ का २४ वर्षीय सरोज पराजुली र  ४२ वर्षीय गोविन्द खनाल घाइते हुनुभएको छ। घाइते दुवै जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...