फसेका पर्यटकको उद्धारमा तालिमप्राप्त टोली परिचालन

Published on

काठमाडौं । धौलागिरी हिमाल फन्को लगाएर मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फा झर्ने क्रममा फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको टोलीको उद्धारमा लागि निस्किएको टोली आलुबारी भन्ने ठाउँमा पुगेको छ ।

गएको सोमबारदेखि भारी हिमपातका कारण पदमार्ग पहिचानमा समस्या भएपछि थासाङ गाउँपालिका–१ टुकुचे हिमालको हिडन भ्यालीमा बसेको टोलीको उद्धारका लागि बुधबार नेपाली सेना, सशस्त्र र प्रहरीको संयुक्त खटिएको थियो ।

उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली करिब ३७ सय मिटरको उचाइमा रहेको र माथिबाट समेत पर्यटकसहितको टोली झर्ने क्रममा दिउँसोसम्म भेट हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।

प्रजिअ भुषालले भन्नुभयो, ‘‘आज बिहानैदेखि हिमपात भइरहेको छ, तलबाट जाने र माथिबाट आउने रुट पहिचान भएको छ ।’’ प्रजिअ भुषालले पर्यटकसहितको टोली धम्पुस लेकमा रहेको जानकारी आएको बताउनुभयो । पर्यटकको उद्धारका लागि हिमाल आरोहण समेत गर्नुभएका उच्च शिखर शिक्षालयका क्याप्टेन प्रशान्त विष्ट सहितको टोलीलाई परिचालन गरिएको छ ।

क्याप्टेन विष्टले विश्वकै १० औं अग्लो अन्नपूर्ण हिमालसहित साना चुचुरो आरोहण गरेको अनुभव छ । फसेका पर्यटक फर्किने एक–दुई स्थानमा डोरीको सहायताले झर्नुपर्ने भएकाले टोलीले उद्धारका लागि आवश्यक पर्ने उपकरण समेत लगेको छ ।

समुन्द्र सतहदेखि पाँच हजार एक सय मिटर उचाइमा पर्ने ‘हिडन भ्याली’ संसारको सातौँ अग्लो अग्लो धौलागिरी हिमाल र सीता हिमाल विचके पास काटेर टुक्चेपीको माथि पर्छ । नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको १० जनाको टोलीमा हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिएका तालिमप्राप्त जनशक्ती छन् ।

काठमाडौँको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीबाट गएको टोली भारी हिमपतका कारण फसेपनि प्रयाप्त खाना रहेको बताइएको छ ।  करिब १९ दिन अगाडी धौलागिरी चक्रीय पदयात्रा क्षेत्रमा करिब बाह्रै महिना हिमपात हुने स्थान, हिमालको शिविर सहित अन्य जोखिमपूर्ण रूटहरू रहेका छन् । म्याग्दीबाट मुस्ताङमा हिमालैहिमाल जोड्ने लामो र सहासिक पदयात्राका लागि विदेशी पर्यटकले धौलागिरि चक्रीय पदमार्ग रोज्ने गरेको पाइन्छ  यस क्षेत्रमा सञ्चार, भौगोलिक विकटता, प्रयाप्त पूर्वाधार, सङ्केत चिन्ह लगायतका न्यूनतम पूर्वाधार नहुदाँ पर्यटकलाई समस्या हुने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...