उत्तरी गोरखाको मनास्लु क्षेत्रमा करु काट्न सुरु

Published on

काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा करु काट्न सुरु भएको छ । ३१ सय मिटर उचाइमा रहेको नुब्री भ्यालीमा लगाइएको करु चम्पा, सातु, खोले र ढिडो बनाएर खानका लागि उब्जनी हुने मुख्य बाली करु काट्न सुरु भएको चुमनुब्री गाउँपालिका– २ ल्होका साङदोर्जे लामाले जानकारी दिनुभयो ।

हिमाल पारीको गाउँपालिका चुमनुब्रीमा करुको बिशेष महत्त्व छ, साङदोर्जे लामाले भन्नुभयो, ‘‘उत्तरी गोरखाको मुख्य बाली हुनुका साथै स्वास्थ्य अवस्थालाई ख्याल गर्दै हिमाली भेगका करु स्वादिलो, पोषिलो हुने भएकाले उत्तरी गोरखा आइपुग्ने पर्यटक र काठमाडौँमा बस्नेहरुको माग उच्च रहेको छ ।’’

करु खेती विशेष गरी साउन र चैतमा रोप्ने गरिन्छ । उच्च हिमाली भेगमा हावापानीका कारण तीन हजार मिटरभन्दा माथि वर्षमा दुई पटकमात्र खेतीबाली लगाएर करु चैतमा लगाएको करु असारमा र साउनमा लगाएको करु कात्तिकमा काटिन्छ ।

‘‘उत्तरी गोरखामा करु काट्न भ्याइनभ्याइँ छ,’’ लामाले भन्नुभयो, ‘‘नुब्री भ्यालीका अधिकांश किसानहरुको मुख्य पेशा करु खेती भएकाले केहि दिनदेखि यता हिमपात भएपछि हिउँले ढाकिएर करु काट्न नपाइएको हो ।’’

उत्तरी गोरखमा करुको सातु काठमाडौँ लगाउतका शहरहरुमा अत्यधिक मात्रा बिक्री वितरण हुने भएकाले पनि करु खेतीको विशेष महत्त्व उत्तरी गोरखमा मान्ने गरिन्छ । उक्त खेतीले आफनो परिवारलाई खाना पनि हुने र आर्थिक उर्पाजनमा पनि सहयोग पुग्ने गरेको लामाको भनाइ छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...