काटेर सुकाएको धान पानीले भिजेपछि किसान चिन्तित्

Published on

काठमाडौं । सिन्धुली जिल्लामा खेतबारीमा काटेर सुकाएको धान पानीले भिजेपछि किसान चिन्तित बनेका छन् ।

धानबाली भित्र्याउने मुख्य समयमा दुई दिनदेखिको प्रतिकुल मौसमका कारण भएको वर्षाले खेतमा काटेको धान भिजेपछि किसानहरु चिन्तित बनेका हुन् । तिहार सकिएलगत्तै पाकेको धानबाली घरमा भित्र्याउने चटारोमा परेका किसानलाई वर्षाले समस्यामा पारेको स्थानीय बताउछन् ।

दुधौली नगरपालिका–१ तल्लो बंका निवासी किसान धु्रब पहाडी आफ्नो एक बिगा खेतमा काटेर सुकाएको धानबाली वर्षाले भिजाएर नष्ट भएको गुनासो गर्नुहुन्छ । धान काट्ने बेलामा आकासबाट पानी पर्ने कुनै छेकछन्द नदेखिएको र धान काटेपछि पानी परेर नोक्सानी व्यहोर्नु परेको उहाँको भनाइ छ ।

स्थानीय किसानको अनुसार खेतबारीमा वर्ष दिन खाने धानबाली पाकेर पहेँलपुर बनेपछि किसानलाई चाडपर्वभन्दा पनि धान काट्नै हतार थियो । त्यसैले तिहार सकिए लगत्तै किसानहरुलाई आफ्नो धान काट्न भ्याइनभ्याइँ भएको थियो । छिटो र सहज हुने भएकाले किसानले हाते मेसिन प्रयोग गरेर समेत धान काटेका थिए ।

सिन्धुली जिल्लाकै अन्न भण्डारको रुपमा परिचित दुधौली नगरपालिकाको कमलाखुँज क्षेत्रमा ९० प्रतिशतभन्दा बढि किसानले खेतमा धान काटेर सुकाएका थिए । जल तथा मौसम विज्ञान विभागले अझै शनिबारसम्म वर्षाको संभावना भनेकाले किसानलाई चिन्ता थपिएको दुधौली नगरपालिका–४ निवासी किसान लक्ष्मी दनुवार बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘सबै किसानले खेतमा धान काटेर सुकाएर अस्रल्ल राखेका छन् । अझै दुई दिन पानी पर्छ, भन्छन् । चिन्तै चिन्ता छ ।’’

काटेर सुकाएको धान पानीले भिजेपछि कुहिने डर भएको उहाँको गुनासो छ । यता कृषि बिकास कार्यालय सिन्धुलीले पनि प्रतिकुल मौसमका कारण किसानलाई दुई दिन (१५ गतेसम्म) धान काट्न ‘होल्ड’ गर्न सुझाव दिँदै आएको जनाएको छ ।

कार्यालय प्रमुख अनुप अधिकारीले जिल्लामा यो वर्ष १२ हजार ८६२ हेक्टर जमिनमा वर्षे धान खेती भएको र हालसम्म किसानले ५० प्रतिशतभन्दा बढि जमिनमा धान काटी सकेको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘मौसम अनुकूल भयो भने कात्तिक २० गतेसम्म लगभग सबै किसानले धान काटी सक्छन् ।’’

नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कमलाखुँज क्षेत्र, मरिणखोला क्षेत्र र तीनपाटन क्षेत्र अन्नभण्डारका रुपमा रहेका छन् । जिल्लामा गत वर्ष १३ हजार ४४५ हेक्टरमा वर्षे धान खेती भएको र उत्पादन ५० हजार ११४ मेट्रिक्टन भएको  कार्यालयले जनाएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...