भीरबाट खसेकाे ढुङ्गा लागेर मनास्लु पुगेका पर्यटक घाइते

Published on

काठमाडौं । मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौंको टोखा नगरपालिका-६ का ४४ वर्षीया मिनु इन्द्र लम्साल भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको छ।

बिहिबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५ बिहिमा पैदल हिँडिरहेकाबेला लम्सालाई अचानक भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार गम्भीर घाइते लम्सालको टाउकोमा चोट लागेकाले उहाँको उपचारको लागि बिहि स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली पनि घटनास्थलतर्फ लागेको हो । 

घाइते लम्सालको साथी बिशाल लम्सालले दुर्घटना हुनेबित्तकै प्रहरीलाई खबर गर्नु भएको थियो, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, तत्कालै इलाका प्रहरी कार्यालय लार्के गोरखाबाट प्र स नि याम बहादुर दरैको नेतृत्वमा प्रहरी टोली खटिएर घटनास्थलतर्फ पठाइएको छ । 

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दशिण तर्फ पर्ने ४ घण्टा पैदल पर्ने भएकाले प्रहरी टोली पुग्न केहि ढिलाई हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...