व्यास नगरपालिकाका ११४ करार कर्मचारीको जागिर जोखिममा

Published on

काठमाडौं । व्यास नगरपालिकाका करार तथा ज्यालादारी रूपमा कार्यरत एक सय १४ जना कर्मचारीको जागिर गुम्ने जोखिम भएको छ ।  नगरपालिकाको सुशासन समितिले खर्च मितव्ययिता र संरचनागत सुधारका लागि कर्मचारी कटौती गर्न सो सङ्ख्या घटाउने सुझाव दिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।

नगरपालिकाले एक महिना अघि अनावश्यक खर्च कटौतीका उपाय खोज्न समितिलाई जिम्मा दिएको थियो । समितिले नगरपालिकाको आर्थिक अवस्था कमजोर बन्दै गएकाले कर्मचारी सङ्ख्या घटाउने, भ्रमण र वितरणमुखी कार्यक्रम रोक्ने तथा अतिरिक्त सुविधा सीमित गर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदन कार्यपालिका बैठकमा पेश हुन लागेको र बैठकले निर्णय गरेपछि ठुलो सङ्ख्यामा कर्मचारी प्रभावित हुने सम्भावना देखिएको छ । सुशासन समितिको सुझाव सार्वजनिक भएपछि करार र ज्यालादारी कर्मचारीहरूमा अनिश्चितताको माहोल छाएको छ । उनीहरू ‘जागिर जाने हो कि’ भन्ने डरमा रहेका छन् ।

यसैबिच, सङ्घीय सरकारले समेत स्थानीय तहमा कार्यरत करार कर्मचारीको सङ्ख्या घटाउने तयारी गरेको छ । नेपाल सरकारले तल्लो तहका निकायमा आवश्यकता नपर्ने करार पदहरू खारेज गर्ने र स्थायी दरबन्दी प्रणालीलाई सुदृढ बनाउने निर्णय लिएको छ । सङ्घीय सरकारको कर्मचारी सङ्ख्या घटाउने नीति र स्थानीय तहमा बढ्दो आर्थिक भार बीच व्यास नगरपालिकाले पनि सोही दिशामा कदम चाल्न लागेको बुझिएको छ । प्रमुख प्रशासकीय अधिकृत लम्सालका अनुसार, “स्थायी संरचना बाहेकका सबै पद पुनरावलोकन गर्न सकिने सम्भावना छ ।”

नगरपालिकाको आर्थिक भार घटाउन समिति प्रमुखले स्रोत नभएका योजनाहरू, अनावश्यक भ्रमण र वितरणमुखी खर्च कटौती गर्न पनि सुझाव दिएका छन् । व्यास नगरपालिकामा हाल स्थायी, करार र ज्यालादारी गरी करिब तीन सय कर्मचारी कार्यरत छन् । तीमध्ये एक सय १४ जना करारमा छन् । स्थानीय सरकार र सङ्घीय सरकारले एकैपटक खर्च नियन्त्रण र कर्मचारी सङ्ख्या घटाउने नीति लागू गर्न खोजेपछि करार सेवामा कार्यरत कर्मचारीको भविष्य अस्थिर बन्न थालेको देखिएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...