आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकालाई

Published on

काठमाडौं । फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

फाइनल खेलमा दुबै टोलीले वर्षातका बावजुद सशक्त प्रदर्शन गरे पनि खेलको निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एकमात्र गोल टोलीको निर्णायक बनेको थियो ।

विजेता कुम्मायक गाउँपालिकाले नगद एक लाख एक सय ७३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले नगद पचास हजार एक सय ७३ रुपियाँसहित पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । 

विजेता र उप विजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथिको आसनबाट कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगूले पुरस्कार ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभयो । यो प्रतियोगिता नेपाल तरुण दलको ७३ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको हो ।गोरखापत्र

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...