प्रदेश अस्पताल गोरखामा नर्सहरुको धर्ना

Published on

काठमाडौं । गोरखाको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान खि धर्ना दिएका छन् । अस्पताल प्रशासनको भवन अगाडि धर्ना दिँदै हात हातमा प्ले कार्ड लिएर सरकारी नर्सहरु सरह तलब सेवा सुविधा र सुरक्षित वातावरणको माग गर्दै धर्ना दिएका हुन् । 

नर्सहरुले समयमै नियमित तलब नपाएको, कामको भार अत्यधिक बढेको र पद अनुसारको पारिश्रामिक नपाएकाले नर्सहरुले सरकार र अस्पताल प्रशासनले आफ्ना माग बेवास्ता गरेको आरोप लगाएका छन् ।

धर्नामा सहभागी हुनुभएकी नर्स सन्तोषी श्रेष्ठले भन्नुभयो, ‘हामी सेवा गर्न आएका हौं तर हाम्रो श्रमको उचित मूल्य नपाउनु अन्याय भएकाले नर्सलाई शोषण गर्न पाइँदैन भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु हो ।’  

प्रदेश अस्पताल गोरखामा कार्यरत सम्पूर्ण नर्स तथा कर्मचारीले आन्दोलनमा एक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् । अस्पताल प्रशासनका अनुसार आन्दोलनका कारण सामान्य स्वास्थ्य सेबा प्रभावित भएको छ भने आकस्मिक सेवा भने यथावत् राखिएको अस्पतालको जनाएको छ । 

यसअघि देशका विभिन्न अस्पतालमा नर्सहरुको समान मागसहित आन्दोलन गर्दै आएका छन् । गोरखामा सुरु भएको नर्सहरुको धर्नाले बिरामीहलाई असर त पर्दैन भन्ने बिरामीका परिवारले चिन्ता व्यक्त गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...