बस दुर्घटनामा एकको मृत्यु

Published on

काठमाडौं । काठमाडौंबाट महेन्द्रनगरका लागि फर्केको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ वाणीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते बोहराको वाणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा सवार अन्य चार जना सकुशल छन् । बस चालक वेदकोट नगरपालिका –३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...