अछामको साँफे बजारमा आगलागी, सात पसल जलेर नष्ट

Published on

काठमाडौं । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार राति भीषण आगलागी भएको छ। आगलागीमा परि सातवटा पसल पूर्णरूपमा जलेर खरानी भएका छन्।

स्थानीयका अनुसार आगो करिब राति पौने ९ बजे सुरु भएको थियो। गत वैशाख १३ गते पनि यही स्थान नजिकै आगलागी हुँदा ठुलो क्षति भएको थियो। छ महिनाभित्र दोस्रो पटक लागेको आगलागीले बजारका व्यापारीहरू पुनः शोकमा डुबाएका छन्।

सुरक्षा निकाय, स्थानीय बासिन्दा र निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी तथा इन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको थियो।

जलेर नष्ट भएका पसलहरूमा अशोक कुँवरको जुता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटेल, सुमन कुँवर (ईभी) को काण्टर/डोका डाला पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाइ–कटाइ पसल रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्टका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। संयुक्त प्रयासले आगो नियन्त्रणमा लिन सफल भए पनि पसलभित्र रहेका सामान बचाउन सकिएन।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय प्रशासनले पीडित व्यापारीहरूलाई राहत प्रदान गर्ने र क्षतिको विवरण संकलन गर्ने कार्य अघि बढाएको जनाएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...