प्रहरीलाई कुटपिट गरी बालसुधार गृहबाट नौ बिझ्याइँकर्ता फरार

Published on

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् ।

बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका थिए । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएको बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेले जानकारी दिनुभयो ।

फरार भएकामध्ये दुई जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेको र बाँकीको खोजी भइरहेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । एसपी कटवालका अनुसार भागेकाहरु सबै १८ वर्षभन्दा माथि उमेर समूहका छन् ।

बाल सुधार गृहको सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र त्यहाँ २७–२८ वर्षसम्मका बिझ्याइँकर्ताहरुलाई पनि राख्नु पर्दा पटक पटक सुरक्षा चुनौती आउने गरेको छ । त्यसबाहेक बाल सुधार गृहमा क्षमता भन्दा धेरैलाई राख्नुपर्दा व्यवस्थापनमा कठिनाइ आउने गरेको छ । १५० जना क्षमताको बाल सुधार गृह विराटनगरमा अहिले २६० जनालाई राखिएको छ । जेनजी आन्दोलनका क्रममा भागेका करिब १० जना अझै सुधार गृहमा फर्किएका छैनन् ।

यसअघि पनि पटक पटक बाल सुधार गृहबाट बिझ्याइँकर्ताहरु भाग्ने घटना हुँदै आएको थियो । विगतमा भवनबाट फालहानेर दुई तीन जना भाग्ने गरेकोमा जेनजी आन्दोलनपछि सुरक्षाका लागि खटिएका प्रहरीलाई नै आक्रमण गरेर भाग्ने घटना दोहोरिन थालेको छ । यसले बाल सुधार गृहको सुरक्षा व्यवस्थापनमा नयाँ योजना बनाउनुपर्ने आवश्यकता खड्किएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...