टर्कीमा फुटबल म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

Published on

काठमाडौं । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।

कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जि जारी गरिएकोमा १८ जनालाई पक्राउ गरिसकेको जनाएको हो । कार्यलयका अनुसार सोधपुछ र अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगको शङ्कामा केन्द्रित रहेको छ ।

यस अघि टर्की फुटबल महासङ्घको अनुशासन परिषदले आचार संहिता उल्लङ्घन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गत हप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ । गत महिना महासङ्घले व्यावसायिक फुटबल लिगका ५७१ टर्की रेफ्रीमाथि गरेको अनुसन्धानले टर्कीको पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको शर्त आकर्षित भएको खुलासा गरेको थियो ।

रेफ्रीले संयुक्त बयानमा “अपमानजनक आरोप” को निन्दा गर्दै उनीहरू मध्ये कसैले पनि उनीहरूले अम्पायर गरेको म्याचमा नियम विपरित नगरेको जनाएका छन् । रासस/एएफपी 

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...