टर्कीमा फुटबल म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

Published on

काठमाडौं । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।

कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जि जारी गरिएकोमा १८ जनालाई पक्राउ गरिसकेको जनाएको हो । कार्यलयका अनुसार सोधपुछ र अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगको शङ्कामा केन्द्रित रहेको छ ।

यस अघि टर्की फुटबल महासङ्घको अनुशासन परिषदले आचार संहिता उल्लङ्घन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गत हप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ । गत महिना महासङ्घले व्यावसायिक फुटबल लिगका ५७१ टर्की रेफ्रीमाथि गरेको अनुसन्धानले टर्कीको पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको शर्त आकर्षित भएको खुलासा गरेको थियो ।

रेफ्रीले संयुक्त बयानमा “अपमानजनक आरोप” को निन्दा गर्दै उनीहरू मध्ये कसैले पनि उनीहरूले अम्पायर गरेको म्याचमा नियम विपरित नगरेको जनाएका छन् । रासस/एएफपी 

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...