पाँचवटा सामुदायिक वनमा स्थानीयले लगाए ताला

Published on

काठमाडौं । नवलपुरको देवचुली नगरपालिकाका भूमिहीन सुकुम्बासीहरुले पालिका भित्र रहेका पाँचवटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् । आफूहरुले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेर लालपूर्जा नपाएको भन्दै उनीहरुले वनमा ताला लगाएका हुन् ।

स्थानीयले सामुदायिक वन नै खारेजीको माग गर्दै वनका कार्यालयमा तालाबन्दी गरेको स्थानीय चित्रबहादुर लुंगेली मगरले बताउनुभयो । उनीहरुले देवचुली नगरपालिका भित्र रहेको अमर ज्योति सामुदायिक वन, धुसेरी सामुदायिक वन, चौतारी सामुदायिक वन, बरटाँडी सामुदायिक वन र अम्मर सामुदायिक वनमा तालाबन्दी गरेका हुन् ।

सुकुम्बासी संघर्ष समितिका सल्लाहाकार संयोजक भीमचन्द्र गुरुङ, उपाध्यक्ष दीपक विक, उपाध्यक्ष तिलवीर सारु मगर, सचिव आशिष तामाङ लगायतको नेतृत्वमा रहेको टोलीले सामुदायिक वनमा तालाबन्दी गरेको हो । देवचुली नगरपालिका भित्र वन नजिकै रहेका बासिन्दाहरुले सामुदायिक वनको अवरोधका कारण जग्गाधनी लालपूर्जा पाउन नसकेको बताएका छन् ।

देवचुली नगर उपप्रमुख पार्वता तिवारीले सामुदायिक वनले वन दर्ता गर्दा वस्ती बसेको गाउँलाई पनि सामुदायिक वन भित्र राखेका कारण यस्तो समस्या आएको बताउनुभयो ।  उहाँका अनुसार नगरपालिकाले सबै प्रक्रिया पूरा गरेको तर वनका कारण जग्गा धनी लालपूर्जा वितरण कार्य रोकिएको छ ।

यहाँका पाँच सयभन्दा बढि भूमिहिन सुकुम्बासीको बस्ती सामुदायिक वन भित्र परेको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले वन ऐनका कारण जङ्गल छेउ बस्ती रहेका सुकुम्बासी बस्तीमा लालपूर्जा वितरण गर्न नसकिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...