निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकता अभियान) खारेज

Published on

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकता अभियान) खारेज गरेको छ। वामदेव गौतमले सो पार्टी खारेज गर्न निवेदन दिएपछि आयोगले निर्णय गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, गौतम नेकपा (एकीकृत समाजवादी) हुँदै नेपाल कम्युनिष्ट पार्टी मा समाहित भएपछि पार्टी खारेजको निवेदन दिनुभएको थियो। आयोगले सो निवेदनको आधारमा पार्टी खारेज गरेको हो।

यस्तै, आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल पनि आयोगमा दर्ता भएको जानकारी दिएको छ। यससँगै आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या १२५ पुगेको आयोगले जनाएको छ।

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...