कैलाली–४ मा नेकपाका उम्मेदवारसहित १३ जनाको धरौटी जफत

Published on

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ती उम्मेदवारहरूको धरौटी जफत भएको हो। कैलाली–४ मा कुल ५८ हजार २८३ मत सदर भएको थियो। धरौटी जोगाउन कम्तीमा पाँच हजार ८२९ मत ल्याउनुपर्नेमा नेकपाका उम्मेदवार उत्सवले पाँच हजार ६०९ मत मात्र प्राप्त गर्नुभयो।

फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाका उत्सवसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नागरिक उन्मुक्ति पार्टीका धनबहादुर सुनार, श्रम संस्कृति पार्टीका भीमबहादुर थापामगर, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री, नेकपा (माओवादी) का भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीका सुभाष कुँवर, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोट, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाल मजदुर किसान पार्टीकी अमृता भूसाल, नेकपा (संयुक्त) का मोहनदेव मिश्र र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लको धरौटी जफत भएको छ।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गर्नुभएको थियो। यस्तै, नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले नौ हजार ४४४ मत पाएर आफ्नो धरौटी जोगाउन सफल हुनुभएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...