काठमाडौं । टर्की वायुसेनाको सी–१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमानजिकै दुर्घटनाग्रस्त भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उक्त विमान मङ्गलबार दुर्घटनाग्रस्त भएको हो।
विमानमा उडान दलसहित २० जना सैनिक सवार रहेको बताइएको छ। तर, दुर्घटनामा कति जनाको मृत्यु वा घाइते भएको हो भन्नेबारे टर्कीका अधिकारीहरूले अहिलेसम्म औपचारिक पुष्टि गरेका छैनन्।
दुर्घटनाको कारणबारे प्रारम्भिक जानकारी नआए पनि उद्धार टोली घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।

