जर्जिया–अजरबैजान सीमामा टर्कीको सैन्य विमान दुर्घटना

Published on

काठमाडौं । टर्की वायुसेनाको सी–१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमानजिकै दुर्घटनाग्रस्त भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उक्त विमान मङ्गलबार दुर्घटनाग्रस्त भएको हो।

विमानमा उडान दलसहित २० जना सैनिक सवार रहेको बताइएको छ। तर, दुर्घटनामा कति जनाको मृत्यु वा घाइते भएको हो भन्नेबारे टर्कीका अधिकारीहरूले अहिलेसम्म औपचारिक पुष्टि गरेका छैनन्।

दुर्घटनाको कारणबारे प्रारम्भिक जानकारी नआए पनि उद्धार टोली घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...