संखुवासभाको किमाथाङ्कामा नेपाल–चीन सीमा स्तम्भको स्थलगत निरीक्षण

Published on

काठमाडौं । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा संयन्त्रको टोलीले सीमाक्षेत्रको अवलोकन गर्दै ६८, ६९ र ७० नम्बरका सीमा स्तम्भहरू निरीक्षण गरेको हो । उक्त टोलीमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेललगायत सुरक्षा निकायका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रमुख जिल्ला अधिकारी थपलियाका अनुसार संखुवासभा जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन्  । उहाँले गत जेठ महिनामा आएको बाढीले भोटखोला–१ स्थित घोङ्गोप्पा र छोकाङ खोलामा रहेको ७१/१ नम्बरको सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको विषयमा समेत टोलीले समीक्षा गरेको जानकारी दिनुभयो । सो स्तम्भ हालसम्म फेला परेको छैन ।

भोटखोला गाउँपालिकाका वडा नं. १, २ र ३ को भूभाग सिधै चीनसँग जोडिएका छन् । सीमा क्षेत्रको निरीक्षणका क्रममा टोलीले खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने विभिन्न मतदान स्थल, बोडर आउट पोस्ट (बीओपी) किमाथाङ्का र प्रहरी चौकीहरूको अवस्थासमेत अवलोकन गरेको थियो । निरीक्षणका क्रममा चीनतर्फका समकक्ष अधिकारीहरूसँग सीमा सुरक्षा, सीमापारी हुने आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा सूचना आदानप्रदानका विषयमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...