फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

Published on

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद (एनडिआरआरएमसी) आइतबार सुपर आँधीको रूपमा आएको फङ-वङले उत्तर-मध्य लुजोन पार गर्दा अवतरण हुनु अघि कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको बताएको छ । 

नोभेम्बर-४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउदा  २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना बेपत्ता भएको तथा ५०० बढी घाइते भएको जनाइएको छ । चक्रवातका कारण अधिकांश मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर-३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेरै पीडित छ ।

एजेन्सीका अनुसार चक्रवातले लाखौं बासिन्दालाई विस्थापित गरी घर, खेतबारी र सडक तथा पुल सहित प्रमुख पूर्वाधारको विनाश निम्त्याको छ । फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औँ उष्णकटिबंधीय चक्रवात थियो जसले देशको वार्षिक औसत २० आँधीलाई पार गरेको छ । रासस/सिन्ह्वा 

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...