फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

Published on

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद (एनडिआरआरएमसी) आइतबार सुपर आँधीको रूपमा आएको फङ-वङले उत्तर-मध्य लुजोन पार गर्दा अवतरण हुनु अघि कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको बताएको छ । 

नोभेम्बर-४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउदा  २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना बेपत्ता भएको तथा ५०० बढी घाइते भएको जनाइएको छ । चक्रवातका कारण अधिकांश मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर-३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेरै पीडित छ ।

एजेन्सीका अनुसार चक्रवातले लाखौं बासिन्दालाई विस्थापित गरी घर, खेतबारी र सडक तथा पुल सहित प्रमुख पूर्वाधारको विनाश निम्त्याको छ । फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औँ उष्णकटिबंधीय चक्रवात थियो जसले देशको वार्षिक औसत २० आँधीलाई पार गरेको छ । रासस/सिन्ह्वा 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...