पर्यटन पुनरुत्थानमा अन्नपूर्ण अग्रस्थानमा

Published on

काठमाडौं । नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२५ को जनवरीदेखि अक्टोबर महिनासम्म अन्नपूर्ण क्षेत्रमा दुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या गत वर्षको कुल आगन्तुक सङ्ख्याभन्दा बढी हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र कार्यक्रमले दिएको तथ्याङ्क अनुसार सो अवधिमा आएका पर्यटकमध्ये एक लाख ४६ हजार ९६८ जना दक्षिण एसियाली मुलुकबाट आएका थिए भने ९९ हजार ६०७ जना अन्य देशका रहेका थिए । पछिल्ला वर्षमा विश्वव्यापी महामारी कोभिड र आर्थिक मन्दीका असरबिच पनि यो वृद्धिदरलाई क्षेत्रीय पर्यटन पुनरुत्थानको सकारात्मक सूचकका रूपमा हेरिएको छ । आयोजना प्रमुख रविन कडरियाका अनुसार सन् २०२० मा कोभिड–१९ को महामारीका कारण अन्नपूर्ण क्षेत्रमा मात्र १८ हजार ८३६ जना विदेशी पर्यटक आएका थिए । उहाँले भन्नुभयो, “पछिल्ला चार वर्षमा यो क्षेत्रले निरन्तर पुनरुत्थानको यात्रा तय गर्दै अहिले महामारीपूर्वको स्तरनजिक पुगेको छ ।” 

कार्यालयको अभिलेख अनुसार अप्रिल महिनामा सबैभन्दा धेरै अर्थात् ४४ हजार ७६३ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । यो महिना ट्रेकिङका लागि अनुकूल मौसम भएकाले पर्यटक सङ्ख्या उच्च रहँदै आएको छ । यसको विपरीत जनवरी महिनामा सबैभन्दा कम नौ हजार ३५९ जना मात्र पर्यटकले यो क्षेत्रमा भ्रमण गरेका थिए ।

सन् १९८६ देखि सञ्चालनमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै पहिलो र सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो । जसले मनाङ, कास्की, लमजुङ र म्याग्दी जिल्लाका भूभाग समेट छ । अन्नपूर्ण र धौलागिरि हिमालको दृश्यावलोकन, घोरेपानी–पुनहिल, अन्नपूर्ण बेसक्याम्प, तातोपानी, मनाङ, मुस्ताङ, मार्दी हिमाल जस्ता प्रसिद्ध ट्रेकिङ मार्गले यहाँको आकर्षण थप बढाएका छन् ।

सांस्कृतिक र जैविक विविधता पनि अन्नपूर्णको विशेषता हो । स्थानीय गुरुङ, थकाली, मगर र अन्य जातीय समुदायका बस्ती, तिनको परम्परा, खानपान र अतिथिपरायणताले पर्यटकलाई फरक अनुभव प्रदान गर्छ । पर्यटक आगमनमा भएको वृद्धिले स्थानीय होटेल व्यवसाय, ट्रेकिङ एजेन्ट, गाइड, भरिया तथा यातायात व्यवसायमा प्रत्यक्ष लाभ पुगेको छ । 

पोखरादेखि जोमसोम, मनाङ हुँदै मुस्ताङसम्मका क्षेत्रमा हाल आन्तरिक र विदेशी पर्यटकको आवागमन बाक्लिएको स्थानीय व्यवसायीले बताएका छन् ।आयोजनाले पर्यटक आवागमन सन्तुलन र वातावरणीय प्रभाव न्यून पार्ने उद्देश्यले दिगो पर्यटन रणनीति अघि सारेको जनाएको छ । अन्नपूर्ण क्षेत्रमा हाल देखिएको पर्यटक वृद्धि नेपाल पर्यटन पुनरुत्थानको सशक्त सूचकका रूपमा रहेको विज्ञहरूले बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...