एमालेको जनसभाः गुल्मीमा केन्द्रीय नेताले सम्बोधन गर्ने

Published on

काठमाडौं । नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध ७७ वटै जिल्लामा शनिबार जनप्रदर्शनसहित जनसभा गर्दैछ । यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा हुन लागको जागरण सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउनुभएको छ ।  

नेकपा एमालेको केन्द्रीय कार्यक्रम अनुसार वडा, पालिका हुँदै जिल्लामा पनि जागरण सभा गर्न लागिएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीले जनाएको छ । आज तम्घासमा हुने लागेको जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु तम्घासमा आइपुग्नु भएको एमाले गुल्मीका सचिव धर्म विश्वकर्माले जानकारी दिनुभयो ।

नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सचिव गोकर्णराज विष्ट, महिला नेतृ रामकुमारी झाँक्री, केन्द्रीय सदस्यहरु दिनेश पन्थी, जंग नेपाली, गणेश खनाल लगायतले तम्घासमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । तम्घासका चार स्थान बाख्रेछेंडा, भगवती मन्दिर, अर्घाखाँची जिपपार्क र उधिनढुङ्गा जिपपार्कबाट ¥याली निकाली सबै मिलनचोकमा मिसिएर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि लाकुरी मञ्चमा जागरण सभा गरिने उहाँले जानकारी दिनभयो ।

एमालेका संगठित सदस्य, जनवर्गीय संगठन लगायत सबै जनसमुदायलाई कार्यक्रममा सरिक हुन आग्रह गरिएको छ । जागरणसभा मार्फत प्रतिगामी षडयन्त्र–मुर्दावाद !, विघटित प्रतिनिधिसभा–पुनस्र्थापना गर !, जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, गत भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरिने जिल्ला कमिटी सदस्य कृष्ण विश्वकर्माले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...