एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

Published on

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका-५, जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता-भुटार खण्ड अवरुद्ध भएको थियो । गत वर्षको वर्षाले ग्रामीण सडक भत्काइनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । 

हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरुद्ध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेका स्थानीय बताउँछन् । जाँतेका प्रमेश बूढाथोकीले भन्नुभयो, “गत वर्षदेखि यो सडक अवरुद्ध हुँदा यस क्षेत्रका जनतालाई जिल्ला सदरमुकाम गाईघाटलगायत अन्यत्र आवतजावत गर्न कठिनाइ भएको थियो, अहिले अस्थायी पुल निर्माण भएको छ भने अवरुद्ध सडक पुनःनिर्माण गरेपछि सञ्चालन भएको छ ।”

उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते-भुटार-मुर्कुची-गाईघाटमा बससमेत सञ्चालन हुन थालेको मुर्कुचीका यातायात व्यवसायी कुमार मगरले बताउनुभयो । लिम्चुङबुङ गाउँपालिका-५ का वडाध्यक्ष केसर राईका अनुसार रौतामाई गाउँपालिकासँग समन्वय गरेर सडक सञ्चालनको पहल गरेपछि अवरोध हटेको हो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौता-भुटार खण्डको रसुवा खोलामा अस्थायी पुल निर्माण गरिएको छ भने बाँकी स्थानका अवरुद्ध सडक खुलाइएपछि यातायात सञ्चालन भएको हो । यो सडक सञ्चालन भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको जाँते, हिम्मा, रौतामाई गाउँपालिकाको लाफागाउँ, भुटार, रामेटारसहित रौता मुर्कुची पाँबु क्षेत्रका स्थानीयको जिल्ला सदरमुकामसम्म को आवागमन सहज भएको छ ।  रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले पालिका, अन्य सरोकार भएका निकायको पहलबाट अवरुद्ध सडक सञ्चालनमा ल्याइएको बताउनुभयो ।रासस

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...