नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

Published on

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो । नर्वे २८ वर्षपछि विश्वकपमा छनोट भएको हो । नर्वेले यसअघि सन् १९९८ को विश्वकप खेलेको थियो । समग्रमा चौथो पटक विश्वकपमा स्थान बनाएको पाहुना टोली नर्वेको जितमा अर्लिङ हालान्डले दुई तथा एन्टोनियो नुसा र जोर्गेन लार्सनले एक एक गोल गर्नुभयो । इटालीका लागि फ्रान्सिस्को पियो एस्पोसिटोले सान्त्वना गोल फर्काउनुभयो । 

यस्तै युरोपेली छनोटको अर्को खेलमा पोर्चुगलले अर्मेनियालाई ९–१ गोलले हराउँदै समूह एफबाट विश्वकपमा स्थान बनायो । एकपक्षीय खेलमा पोर्चुगललाई जिताउन जोआओ नेभेस र ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गर्नुभयो । रेनाटो भेइगा, गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल थप्नुभयो । अर्मेनियाका एडवार्ड स्पर्ट्स्यानले सान्त्वना गोल फर्काउनुभयो । पोर्चुगल लगातार सातौँ तथा समग्रमा नवौँ पटक विश्वकपमा छनोट भएको हो ।

नर्वे र पोर्चुगल छनोट भएसँगै युरोपबाट विश्वकप यात्रा तय गर्ने पाँच टोलीको टुङ्गो लागेको छ । यसअघि युरोपबाट इङ्ल्यान्ड फ्रान्स र क्रोएसिया तथा अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल छनोट भएका छन् । एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरानले विश्वकपको ढोका खोलिसकेका छन् ।

यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्ड छनोट भएका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजक देशको हैसियतमा सोझै विश्वकप खेल्दैछन् । सन् २०२६ को जुन ११ देखि १९ तारिखसम्म तीन देशका विभिन्न शहरमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्दैछन् । एजेन्सी 

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...