राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्सिरको अन्तिम साता हुने

Published on

काठमाडौं । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिरको अन्तिम साता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङक बसेको बैठकले मङ्सिर २६ र २७ गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । खेलकुद विकास समिति र जिल्ला समन्वय समिति बागलुङ, जिल्लास्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख प्रतिनिधि सहितको बैठकले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिका—१ बाँगेचौर खेलमैदानमा गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय प्रतियोगिताका लागि छिटो पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी प्रतियोगिता विद्यार्थी खेलाडी पठाउन जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सरकारले कुनै बजेट विनीयोजन नगरेकाले स्थानीय तहसँग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताउनुभयो ।

‘‘जिल्लास्तरीय प्रतियोगिता गर्नका लागि प्रदेशले  रकम पठाउन छोड्यो, हामीले स्थानीय पालिकासँगै सहयोग मागेर कार्यक्रम गर्दैछौं,’’ उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाबाट ४० हजार र नगरपालिकाबाट ६० हजारका दरले सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको कडेलले बताउनुभयो ।’’ यसवर्ष प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता पनि बागलुङमा हुने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...