सुदूरपश्चिम प्रदेश सभा भवन मर्मतमा ढिलाइ, बैठक सञ्चालन अनिश्चित

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने प्रश्न अझैअनिश्चित बनेको छ। जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएको प्रदेश सभा भवन हाल मर्मत तथा पुनर्निर्माणको चरणमा छ। सभामुख भीमबहादुर भण्डारीका अनुसार संघीय संसद् नचलिरहेका बेला प्रदेशको भूमिका झन् महत्वपूर्ण भएकाले भवनका सबै नष्ट भएका संरचना पुनर्निर्माण गरी मङ्सिर महिनाभित्र बैठक बोलाउने लक्ष्य राखिएको छ। उहाँका अनुसार आगजनी र तोडफोडका कारण प्रदेश सभाका करिब ९० प्रतिशत संरचना नष्ट भएका छन्। मर्मत सकेर बैठक सञ्चालन गर्नु बाहेक अन्य विकल्प नरहेको उल्लेख गर्दै उहाँले बैठक बस्न अझै करिब एक महिना लाग्ने अनुमान गर्नुभयो।

पूर्ण रूपमा जलेको बैठक हल पुनर्निर्माणको प्रक्रिया विभिन्न संघ–संस्थाको सहकार्यमा अघि बढाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिव देवबहादुर बोगटीका अनुसार करिब एक करोड चार लाख रुपैयाँ लागतमा पुनर्निर्माणको तयारी भइरहेको छ। बैठक हलका उपकरणका लागि युएनडिपी र युएनएफपिएले ४३ लाख रुपैयाँ सहयोग गर्नेछन्। फलसिलिङका लागि सहरी विकासले १० लाख बराबरको लागत अनुमान गरेको छ भने बाँकी संरचना मर्मत–पुनर्निर्माणका लागि ५१ लाख रुपैयाँ आवश्यक परेको बताइएको छ।

प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो। तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारीसाधनमा आगजनी हुँदा ठूलो क्षति पुगेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

प्रदेश सभा सदस्य रमेश धामीका अनुसार वैकल्पिक स्थानमै भए पनि बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता बढेको छ। भवन पुनर्निर्माण नहुँदा सरकारले ल्याउनुपर्ने कार्यक्रम, कानुनी प्रक्रिया तथा नियमित कार्य सम्पादन प्रभावित भइरहेका छन्। सदस्यहरूले प्रदेश सरकारलाई बैठक सञ्चालनमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...