नेपाल-भारतीय टोलीद्वारा स्थलगत अनुगमन

Published on

काठमाडौं । पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा यस वर्ष गरिने महत्वपूर्ण सिँचाइ तथा नदी नियन्त्रणका कामहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त अनुगमन गरेका छन्। नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकीका अनुसार अनुगमन टोलीले विशेष गरी यस वर्ष भारतीय जलसंसाधन विभागबाट हुने कामहरूको कार्यान्वयन र योजनाबारे छलफल गरेको हो ।

नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका अनुसार पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रदेखि भारतीय सीमानासम्म  विभिन्न क्षेत्रको टोलीले संयुक्त अनुगमन गरेका हुन्। यस वर्ष भारतीय जलसंसाधन विभागबाट गण्डक सिञ्चित क्षेत्रमा बी ग्याप र ए ग्यापको बाँध वा सडकको चौडाइ तथा उचाइ बढाउने काम, गण्डक क्षेत्रमा नदीको पानीको बहाव (वहाब) नियन्त्रण गर्ने संरचनाहरूको व्यवस्थापनको काम र  नदी नियन्त्रण संरचनाको पुनर्संरचना लगायतका काम हुने छन्    ।

नेपाली टोलीको नेतृत्व जलस्रोत तथा सिँचाइ विभाग, बजेट तथा कार्यक्रम महाशाखाका उपमहानिर्देशक कुसाङ शेर्पा र कार्यालय प्रमुख तिलकराम बुढाथोकीले गर्नुभएको थियो । त्यसैगरी, भारतको तर्फबाट उत्तर प्रदेश र बिहार प्रदेश सरकारका सिँचाइ अभियन्ता कार्यालयका प्राविधिकहरूको उपस्थिति थियो । दुई दिनसम्म चलेको अनुगमन र छलफलपछि दुई देशका प्राविधिक टोली यस वर्षको काम दुई देशका प्राविधिक टोलीको समन्वय र सहकार्यमा प्रभावकारी रूपमा सम्पन्न गर्ने निष्कर्षमा पुगेका छन्। यस निष्कर्षले गण्डक सिञ्चित क्षेत्रका लागि नेपाल र भारतबीचको सहकार्यलाई थप बल पुर्‍याएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...