कागबेनीमा नमुना श्राद्ध स्थल बनाइने

Published on

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोला र कालीगण्डकी नदीको तटमा धेरै तीर्थालुलाई तर्पण गर्न सहज हुने गरी श्राद्ध स्थल बनाइने भएको छ । हिन्दु धर्मावलम्बीको पवित्र स्थल कागबेनीमा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । २०८० साउन २८ गते कागखोला थुनिएर आएको बाढीले क्षति पु¥याएको श्राद्ध स्थललाई तटबन्धले व्यवस्थित गरिने वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । गुरुङ भन्नुहुन्छ, बाढीले तहसनहस बनाएको संरचना बनाउने अभियानमा छौँ । एकै पटक सयौँ सङ्ख्यामा आउँदा श्राद्ध तथा पिण्डदानमा सजिलो हुने गरी संरचना बन्ने छ । बाढीपछिको पुनर्निर्माणको अभियानसँगै हिन्दु र बौद्ध धर्मावलम्बीलाई सहज हुने सडक तथा अन्य पूर्वाधारमा समेत नियमित बजेट विनियोजन गरिएको छ । 

श्राद्ध स्थल आसपासका क्षेत्रमा समेत पूजाआजा गर्न मिल्ने संरचना बनाउन गाउँपालिकाले थप १० प्रतिशत लागत साझेदारी गर्ने गाउँपालिकाका प्रवक्ता एवं मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । कोषाध्यक्ष गुरुङले भन्नुभयो, “मन्दिरमा तीर्थालुले चढाएको भेटीबाट विभिन्न पूर्वाधार बनाइएको छ । यसबाट दर्शनमा सहज भएको छ ।” शालिग्राम शिलाको उद्गमस्थल दामोदरकुण्डबाट बगेर आएको काली र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठुलो फल मिल्ने र दिवङ्गत पितृको उद्धार हुने विश्वास छ । बडादसैँ र चैतेदसैँ औँसीमा पुग्ने र अन्य समयमा समेत दिवङ्गत पितृको सम्झनामा तर्पण दिने गरिन्छ । 

विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, १०८ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा स्नान गरेपछि कुनै पनि पाप गरेमा नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुवात भएको धार्मिक मान्यता छ । 

यसैबिच समितिबाट वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथको प्रवेशद्वार मानिने रानीपौवामा बर्खामा करिब तीन सय मिटर ढुङ्गाको छपनी बिछ्याउने एक करोड २० लाख र गाउँपालिकाबाट १२ लाख गरी एक करोड ३२ लाख रुपियाँ र मुक्तिनाथ दर्शनका क्रममा लेक लाग्ने समस्या भएकालाई लक्षित गरी उपचारमा १५ लाख तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको पवित्र तीर्थस्थल दामोदरकुण्डमा अध्ययन केन्द्रका लागि एक करोड विनियोजन गरिएको छ । मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिको मातहतमा मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड क्षेत्र रहेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...