कम्बोडियामा रात्रि बस दुर्घटना, १६ जनाको निधन

Published on

काठमाडौं । कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताउनुभयो । बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन् । सोभान्नाका अनुसार प्रारम्भिक अनुसन्धानले बसका चालक रात्रि समयमा सिम रिपबाट यात्रा थालेपछि निदाएर नियन्त्रण गुमाएको आशङ्का गरिएको छ । करिब साढे पाँच घण्टाको नियमित यात्रामा यस्तो घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उहाँले बताउनुभयो । मृतकमध्ये चालक पनि समावेश छन् कि छैनन् भन्ने विषय खुलेको छैन ।

कम्बोडियामा सडक दुर्घटना मुलुककै गम्भीर समस्या मानिन्छ । सार्वजनिक निर्माण तथा यातायात मन्त्रालयका तथ्याङ्कअनुसार सन् २०२४ मा ट्राफिक दुर्घटनामा एक हजार ५०९ जनाले ज्यान गुमाएका थिए भने सन् २०२५ को पहिलो नौ महिनामै एक हजार ६२ जनाको मृत्यु भइसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...