क्यान्सर तथा मिर्गौलारोगी साढे तीन सयभन्दा बढी

Published on

काठमाडौं । कैलालीको पूर्वी क्षेत्रमा रहेका पाँच वटा पालिकामा चालु आर्थिक वर्षमा २७१ जना क्यान्सर तथा मिर्गौलारोगी पाइएको छ । लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, भजनी नागरपालिका र गौरीगङ्गाका नगरपालिकाका क्यान्सर तथा मिर्गौलापीडितले सरकारबाट पाउने सुविधा लिएर उपचार गराइरहेको तथ्याङ्कबाट यो तथ्य फेला परेको हो । ती क्यान्सर तथा मिर्गौलापीडित पालिकाबाट मासिक पाँच हजार रुपियाँका दरले सहयोग रकम लिएर उपचार गराइरहेका छन् । घोडाघोडीका नरेन्द्र साउदले आफ्नी क्यान्सरपीडित श्रीमतीलाई भरतपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेको बताउनुभयो । सरकारले दिने मासिक पाँच हजार रुपियाँले निकै राहत पुगेको बताउँदै उहाँले तीन/तीन महिनामा पालिकाले उपचार रकम खातामा पठाउने भए पनि यस पटक कात्तिकमा हाल्नुपर्ने रकम हालसम्म नपाउँदा समस्या भएको गुनासो गर्नुभयो । 

नरेन्द्र जस्तै पीडित परिवारलाई सरकारबाट दिने मासिक सहयोग रकमले राहतको काम गरेको छ । प्रत्येक पालिकामा विगतको तुलनामा क्यान्सरका रोगी बढ्दै गएको तथ्याङ्क छ । घोडाघोडी नगरपालिकाबाट चालु आवमा ९६ जना क्यान्सर तथा मिर्गौलापीडित सूचीकृत भएर मासिक रूपमा पाउने सहयोग लिइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले लेखाको भुक्तानी प्रक्रियामा केही परिवर्तन हुँदा कात्तिकमा दिनुपर्ने उपचार रकम समयमै हाल्न नसकेको बताउनुभयो । उहाँले अब केही दिनमा प्रत्येक बिरामीको खातामा तीन महिनाको उपचार रकम हालिनेसमेत जानकारी दिनुभयो । घोडाघोडीमा भन्दा धेरै बिरामी लम्कीचुहा नगरपालिकामा देखिएका छन् । लम्कीचुहा नगरपालिकामा चालु आवमा १०४ जना क्यान्सर तथा मिर्गौलापीडितले उपचार सहयोग लिइरहेका छन् । सो पालिकाका स्वास्थ्य शाखा प्रमुख तप्त भण्डारीले गत वर्ष १०१ बिरामी रहेकोमा चालु आवमा केही बढेको जनाउँदै उपचार सहयोग लिनेमा सबैभन्दा बढी क्यान्सरका बिरामी भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तीन महिनामा मर्ने १० देखि १५ जना हुन्छन् भने नयाँ बिरामी थपिने पनि सोही अनुपातमा हुन्छन् । यहाँ क्यान्सर भयावह रूपमा बढ्दै गएको छ । पालिकाले क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालनलगायत जनचेतनाका काम पनि गर्दै आएको छ ।” चालु आवमा गौरीगङ्गा नगरपालिकामा ८२ जना क्यान्सरपीडितले उपचार गराइरहेका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद भुसालले तीन महिनामा १० लाख ४५ हजार रुपियाँ उपचार रकम क्यान्सर र मिर्गौलापीडितलाई भुक्तानी दिने गरेको बताउनुभयो । त्यसै गरी भजनी नगरपालिकामा ५३ जना र बर्दगोरिया गाउँपालिकामा ३२ जना क्यान्सरपीडितले चालु आवमा उपचार गराइरहेका छन् । बर्दगोरियामा गत वर्ष ४७ जना बिरामीले उपचार सेवा लिएका थिए । हरेक वर्ष क्यान्सर र मिर्गौलाका बिरामी बढ्दै जानुमा अत्यधिक विषादीको प्रयोग, खानपिन जीवनशैलीमा सुधार नगर्नु, लामो समय खाडी मुलुकमा काम गर्नु रहेको विज्ञ बताउँछन् । बर्दगोरिया अस्पतालका डा. किशोरकुमार अधिकारी हरेक व्यक्ति आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले वर्षमा एक पटक क्यान्सर तथा मिर्गौलाको चेकजाँच गराउन सुझाव दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...