गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।चम्पादेवी–०६, ओखलढुङगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा, उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्नुहुँदै निवर्तमान सांसद खतिवडाले गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालसँग आइतबार विशेष भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने निर्वाचनमा जाने आधिकारिक निर्णय गरिसकेकाले मुलुकभर शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

यससँगै, हाल केही अराजक समूहहरूले घर–घर गएर धम्क्याउने, त्रास फैलाउने तथा अवाञ्छित गतिविधि गर्ने घटनाहरू बढ्दै गएकोबारे गम्भीर चासो व्यक्त गर्दै, त्यसप्रति गृह मन्त्रालयले तत्काल कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस्ता गतिविधिले जनताको मनोबल कमजोर पार्ने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले राज्य संयन्त्र सशक्त रूपमा परिचालन गर्न आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...

गण्डकी र लुम्बिनी जोड्ने कालीगण्डकीको पुल सञ्चालनमा आएपछि स्थानीयमा खुसियाली

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी तनहुँको घिरिङमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको...