चिकित्सक नहुँदा प्रसूति सेवा ठप्प

Published on

काठमाडौं । प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालबाट बाहिरिएपछि गत महिनादेखि नै प्रसूति सेवा ठप्प हुँदा प्रसूति सेवा लिन जिल्लाबाहिर जानुपर्ने बाध्यता भएको छ । म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट आउने गर्भवतीलाई समस्या भए पनि हालसम्म प्रदेश सरकारले चिकित्सक पठाउन सकेको छैन । केही वर्षअगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रेफर गरेका गर्भवती महिलाको बेनीमा सफल शल्यक्रिया गरिएको सर्वत्र चर्चा भएको थियो तर अहिले जनशक्ति अभावमा प्रसूति सेवा प्रायः ठप्प छ ।

बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामु सापकोटाले स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा सेवा प्रभावमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सो पदका लागि विज्ञापन गरेको भए पनि त्यस विज्ञापनमा कोही आउनुभएन । प्रदेश सरकारलाई पनि समस्याका बारेमा जानकारी गराएका छौँ तर हालसम्म पनि चिकित्सक आउनुभएको छैन ।” हाल हाडजोर्नी तथा नसा रोगबाहेक अन्य शल्यक्रिया सेवासमेत ठप्प छ । सरकारी अस्पतालप्रति सर्वसाधारणको सकारात्मक धारणा बने पनि प्रसूति सेवाका चिकित्सक नहुँदा विपन्न महिलासमेत उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था छ । यस विषयमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा पटक पटक अनुरोध गर्दासमेत सुनुवाइ नभएको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो । बेनी अस्पतालको नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि बिरामीको चाप दैनिक बढ्दै गएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...