बारामा तस्करी नियन्त्रणका क्रममा प्रहरी–तस्करबिच गोली हानाहान

Published on

काठमाडौं । बाराको पचरौत नगरपालिका–६ अन्तर्गत सीमावर्ती क्षेत्र चिकनी–पकडिया नजिक आइतबार राति साढे १० बजेतिर तस्करी नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबिच दोहोरो गोली हानाहान भएको छ। प्रहरीले भन्सार छलीका सामान नेपाल भित्र्याइने ठोस सूचना पाएपछि टोली सीमातर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो। भारतको हनुमाननगरबाट ट्याक्टरमा अवैध सामग्री लोड गरिँदै नेपालतर्फ ल्याइँदै गरेको सूचनाका आधारमा रोकथामका लागि पुगेको प्रहरीमाथि तस्कर समूहले पहिलो आक्रमण गरेको उहाँले बताए।

तस्करहरूले अकस्मात दुई राउन्ड गोली चलाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीतर्फबाट सात राउन्ड फायर गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णादेव प्रसाद साहको कमाण्डमा २० जनाको टोली खटिएको थियो। इँटाभट्टा नजिकै अवैध सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएर जिल्लातर्फ ल्याउने प्रयास हुँदै गर्दा तस्कर समूहले पुनः आक्रमण गरेको थियो। संख्यामा बढी रहेका तस्करहरूले गोली चलाउँदै ट्याक्टर छुट्न नदिइ भारतीय सीमावर्ती बिन्धवासिनी गाउँतर्फ भागेका थिए।

भाग्दाखेरी उनीहरूले छाडेर भागेका चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल फोन र आधारकार्ड प्रहरीले घटनास्थलमै बरामद गरेको छ। ट्याक्टरमा के–कस्ता अवैध वस्तु थिए भन्नेबारे प्रारम्भिक रूपमा पुष्टि भइसकेको छैन। तस्कर पक्षमा कुनै क्षति भएको–नभएको विषयमा पनि सुरक्षा निकायले अहिलेसम्म ठोस विवरण प्राप्त गरेको छैन। यस घटनाले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले निभाउनुपर्ने भूमिकाप्रति पुनः प्रश्न उठेको स्थानीय सुरक्षा स्रोतको दाबी छ। रातिको भिडन्तका समयमा सशस्त्र प्रहरी देखिनु नपर्नु र तस्करहरूलाई मालवस्तुसहित भाग्न सफल हुनुले सहजीकरणको आशङ्का बढाएको बताइएको छ।

बारामा तस्करी नियन्त्रणमा जिम्मेवार नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच आर्थिक भागबन्डा नमिल्दा वर्षमा एक–दुई पटक यस्तो प्रकारका भिडन्त, झडप तथा कहिलेकाहीँ प्रहरीको हतियारसम्म खोसिने घटना दोहोरिने गरेको सुरक्षास्रोतको भनाइ छ। सुरक्षा विश्लेषकहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय तस्करी सञ्जाललाई जरा उखेलेर नियन्त्रण गर्न दुई सुरक्षा निकायबिच घनिष्ठ तालमेल, साझा रणनीति र सूचनाको द्रुत आदानप्रदान अपरिहार्य छ।

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...