दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टिमलाई प्रधानमन्त्री कार्कीको बधाइ

Published on

काठमाडौं । दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको नेपाली टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाइ व्यक्त गर्नुभएको छ। श्रीलङ्काको कोलोम्बोस्थित पी. सारा ओभल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो। फाइनलमा हार व्यहोरे पनि नेपाली टिमले प्रस्तुत गरेको अदम्य साहस, खेलकुद भावना र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत बधाइ सन्देश दिनुभएको हो। उहाँले लेख्नुभएको छ, “दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ श्रीलंकामा सहभागी नेपाली टोली उपविजेता बन्न सफल भएको छ। फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका बावजुद विश्व मंचमा नेपाल र नेपालीको शिर उँचो राख्नुभएकोमा हार्दिक बधाइ।” प्रधानमन्त्रीले यो उपलब्धिले दृष्टिविहीन महिलाको क्षमता, समर्पण र दृढताले अन्तर्राष्ट्रिय क्षेत्रमै कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ।

spot_img

ताजा समाचार

अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...