मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित

Published on

काठमाडौं । मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको अधिकारीले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्य प्रभावित भएको जनाइएको छ । केलान्टन, प्रान्तमा धेरै दिन देखि लगातार भारी वर्षा भएकाले नौ हजार ७०० भन्दा बढी मानिसलाई स्थानानान्त्रण गरी राहत केन्द्रमा राखिएको जनाइएको छ । अन्य विस्थापित मध्ये दुई हजार ७१८ सेलान्गोर प्रान्तका र दुई हजार ८८१ पेराक प्रान्तका रहेको र अन्य बाँकी देशका विभिन्ने क्षेत्रका रहेको जनाइएको छ ।  

यसैबिच, सरकारका मुख्य सचिव समसुल अजरी अबु बकरले बाढीबाट प्रभावित राज्यमा सरकारले विभिन्न एजेन्सीसँगको समन्वयमा एक लाख भन्दा बढी कर्मचारी तथा आवाश्यक सामाग्री तैनाथ गरेको बताउनु भएको छ । कार्यबहाक शिक्षामन्त्री वोङ काह वोहले राष्ट्रिय स्तरका परीक्षा अगाडि बढ्ने बताउदै असहज परिस्थितिलाई सामना गर्ने आकस्मिक उपाय भएकाले उम्मेदवार सुरक्षितरूपमा परीक्षा दिन सक्ने बताउनु भएको छ ।  

यसैबिच प्रधानमन्त्री अनवर इब्राहिमले बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्ने राष्ट्रिय विपद व्यवस्थापन एजेन्सी प्रति सन्तुष्टि व्यक्त गर्दै सबै एजेन्सीलाई प्रभावित समुदायलाई सहयोग गर्न अधिकतम प्रयास गर्न निर्देशन दिनु भएको छ । मौसम विभागले भने निरन्तर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...