निर्माणाधीन पुलको आधा काम सकियो

Published on

काठमाडौं । बाँकेको बघौडा हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण ५० प्रतिशत पूरा भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ । सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी असारभित्र पुल तयार पार्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

एक अर्ब १९ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो पक्की पुलको काम तीव्र गतिमा अघि बढेको जनाउँदै योजना कार्यालयका प्रमुख भण्डारीले बहुप्रतिक्षित यो पुलको निर्माणमा यस क्षेत्रका अधिकांश जनताको चासो रहेको बताउनुभयो ।  हाल निर्माण भइरहेको ११ मिटर चौडाइको दुई लेन पुल तयार भएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दाले दशकौँदेखि भोग्दै आएको आवागमन समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले हालका साँघुरा पुलका कारण सवारीसाधनले पालो कुर्नु परेर नदी पार गर्नुपर्ने बाध्यता स्थानीयको प्रमुख समस्या बनेको जनाउँदै नयाँ संरचना निर्माणपछि सो समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो ।  राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले पुल निर्माणको काम धमाधम भइरहेकाले अब चाँडै सहज यात्रा गर्न पाउने अवस्था बन्दै गएको बताउनुभयो । उहाँका अनुसार सिधनियाघाटमा करिब १५ वर्षअघि बनेको पुल साँघुरो भएपछि स्थानीयको माग अनुसार नयाँ संरचना निर्माण थालिएको हो ।  २०७९ माघ १० गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा बजेट छुट्याइएपछि लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...