फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published on

काठमाडौं । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङलिङ नगरपालिका–४ मा रहेको उक्त विद्यालयका फरक क्षमताका विद्यार्थीलाई छोक्याला उक्यापको परिवारले न्यानो कपडा वितरण गरेकाे हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरी फुङलिङ नगरपालिका–५ निवासी छोक्याला उक्यापको परिवारले करिब ७५ हजार मूल्य बराबरको ज्याकेट विद्यार्थीलाई प्रदान गरेको विद्यालयका प्रधानाध्यापक धर्म पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छोक्यालाका श्रीमती दिकिला र छोरी फुटिलाले जाडोको समयमा राहत मिलोस् भनेर न्यानो कपडा वितरण गर्नुभएको हो । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक पौडेलको भनाइ छ । यस्तै कार्यक्रममा फुङलिङ नगरपलिका–४ का वडाध्यक्ष दुर्गा पालुङको पनि उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...