घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

Published on

काठमाडौं । यहाँको थासाङ गाउँपालिका–४, घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ । चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो ।

सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । गत असारमा नेपाली सेनाले यहाँस्थित सैनिक सुरक्षा पोस्ट जिल्लामा समायोजन गरेको थियो । जग्गा फिर्ता पाएसँगै केन्द्रले एकाइका रूपमा प्रयोग गर्न प्रक्रिया अघि बढाइसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख नवीन भुसालले जानकारी दिनुभयो । यहाँ नर्सरी तथा बगैँचा व्यवस्थापनलगायतका कार्यहरू अघि बढाउन गह्रा सुधार, सिँचाइको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको केन्द्रका निमित्त प्रमुख भुसालले बताउनुभयो ।

यहाँ ओखरका कलमी बिरुवा उत्पादन स्विट चेरी, आरु, आरुबखडा, खुर्पानी, किवी, अङ्गुर लगायतका फलफूलखेतीलाई अघि बढाइने केन्द्रले जनाएको छ । यहाँको हावापानीमा विभिन्न प्रजातिका फलफूल तथा तरकारी उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई प्रविधि सिकाइ र जीवनस्तर उकास्नमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...