घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

Published on

काठमाडौं । यहाँको थासाङ गाउँपालिका–४, घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ । चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो ।

सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । गत असारमा नेपाली सेनाले यहाँस्थित सैनिक सुरक्षा पोस्ट जिल्लामा समायोजन गरेको थियो । जग्गा फिर्ता पाएसँगै केन्द्रले एकाइका रूपमा प्रयोग गर्न प्रक्रिया अघि बढाइसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख नवीन भुसालले जानकारी दिनुभयो । यहाँ नर्सरी तथा बगैँचा व्यवस्थापनलगायतका कार्यहरू अघि बढाउन गह्रा सुधार, सिँचाइको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको केन्द्रका निमित्त प्रमुख भुसालले बताउनुभयो ।

यहाँ ओखरका कलमी बिरुवा उत्पादन स्विट चेरी, आरु, आरुबखडा, खुर्पानी, किवी, अङ्गुर लगायतका फलफूलखेतीलाई अघि बढाइने केन्द्रले जनाएको छ । यहाँको हावापानीमा विभिन्न प्रजातिका फलफूल तथा तरकारी उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई प्रविधि सिकाइ र जीवनस्तर उकास्नमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...