होटेलमा प्लास्टिक प्रयोगमा बन्देज

Published on

काठमाडौं । नवलपुरका होटेल प्लास्टिकको प्रयोग निरुत्साहित गर्ने काममा जुटेका छन् । कावासोती नगरपालिकामा रहेका केही होटेल तथा लज र होमस्टेले प्लास्टिकको प्रयोग गर्दैनन् । प्लास्टिकको विकल्पमा सिसा, फाइबर अनि परम्परागत रूपमा बाँस तथा खरबाट बनेका सामग्रीको प्रयोग गर्ने गरेका छन् ।  पर्यटन समिति नवलपुरका अध्यक्ष फंसराम महतोका अनुसार कावासोतीको मध्यवर्ती आसपासमा रहेका केही होटेल तथा होमस्टेले प्लास्टिक प्रयोग गर्दैनन् । महतो स्वयंले सञ्चालन गरेको थारू गाउँ रिसोर्टसहित कावासोतीभित्र सञ्चालनमा रहेका टाइगर टप्स थारू लज, टेम्पल टाइगर, नाना होटेल, थारू कम्युनिटी लज रिसोर्ट, हिमालय सेन्चुरी, होटेल नेचर एज, बरौली सामुदायिक होम स्टेलगायतले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्दै आएका छन् । 

पर्यटन समितिका अध्यक्ष महतोका अनुसार पाहुनाले प्रयोग गर्ने पानीलाई फाइबर वा सिसाको बोतलमा भरेर सिसाको गिलास राखिदिने गरिएको छ । खानका लागि प्रयोग हुने भाँडाकुँडा मात्रै होइन, होटेल सञ्चालनका लागि आवश्यक अन्य सामग्रीमा पनि प्लास्टिकको सट्टा परम्परागत सामग्री प्रयोग गर्ने गरिएको महतोले बताउनुभयो । प्लास्टिक प्रयोग नगर्ने टाइगर टप्स थारू लजका म्यानेजर आसिक गुरुङले भन्नुभयो, “अत्यधिक प्रयोग हुने प्लास्टिकलाई बाध्यात्मक अवस्थामा मात्रै प्रयोग गर्ने गरिएको छ ।  हामीले प्लास्टिकका भाँडाकुँडालाई पूर्ण रूपमै प्रयोगविहीन बनाएका छौँ तर बजारबाट आउने सामग्रीका झोला भने निषेध गर्न सकेका छैनौँ, हामीले एकदमै बाध्यात्मक अवस्थामा मात्रै प्लास्टिकका झोला प्रयोग गर्छौं” ।

मानव जीवन र वातावरण स्वच्छ राख्न प्लास्टिक प्रयोग नगर्नु नै राम्रो मानिन्छ । प्लास्टिक प्रयोग नहुँदा वातावरण राम्रो हुने र आफूसँगै होटेलमा आएका पाहुनाको स्वास्थ्यका लागि पनि राम्रो हुने भएपछि आफूहरूले प्लास्टिक प्रयोग गर्न छाडेको गुरुङले बताउनुभयो । त्यसमाथि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्लास्टिक प्रयोग गर्न पनि पाइँदैन । नीति कानुनको पनि पालना हुने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...