निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिरमा आजदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को सुभारम्भका अवसरमा  उहाँले  निर्वाचनमा आफ्नो मत मार्फत् सही प्रतिनिधि छनाेट गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो “वर्तमान सरकार जेनजेड आन्दोलनको जगमा गठन भएको हो । सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो । यसमा सहयोग गर्न म सबैमा आग्रह गर्दछु । ” मन्त्री खरेलले धर्मको महत्त्व र महिना उच्चकोटीको रहेको चर्चा गर्नुभयो । महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भावलाई अनुशरण गर्दै समाजसेवामा लाग्न जोड दिनु भयो । आयोजक समितिका अध्यक्ष राजन थापाले असक्तलाई सहयोग गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी गराउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...