भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

Published on

काठमाडौं । भियतनाम नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ११.४ प्रतिशतले बढी हो । प्राधिकरणका निर्देशक उओङ भियेत दुङका अनुसार यो वृद्धि सन् २०२६ मा पनि कायम रहनेछ, र त्यो वर्ष यात्रु सङ्ख्या ९५ लाखसम्म पुग्ने अपेक्षा गरिएको छ । यस वर्षका पहिलो ११ महिनामा भियतनामको हवाई क्षेत्रमार्फत ६९.३ लाख यात्रु आवागमन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये, आन्तरिक उडानमार्फत ३०.९ लाख यात्रु भएका छन् र अन्तर्राष्ट्रिय उडानमार्फत ३८.४ लाख यात्रु आवागमन भएको तथ्याङ्कमा उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...