अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ : मस्को

Published on

काठमाडौं । रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि दुई पक्षबिच साझा आधार प्रस्तुत गरेको बताएको छ । पत्रकारसँगको साक्षात्कारमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रणनीतिले अमेरिकी हितको दृढतापूर्वक रक्षा गर्दै यसले वार्ता र आपसी समझदारीको खोजीका लागि पनि पर्याप्त आधार तय गरेको जनाउनु भएको छ । रणनीतिले युक्रेनी सङ्कटसँग सम्बन्धित धेरै प्रावधानले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आधारका रूपमा काम गर्न सक्नेसमेत उहाँले बताउनु भएको छ । यस अघि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा भएका संशोधन धेरै हदसम्म मस्कोको दृष्टिकोणसँग मेल खाएको उल्लेख गर्दै उसले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्भावना बढाएको बताउनु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...