दमौलीमा खेलकुद महोत्सव हुने

Published on

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) तनहुँको आयोजनामा मङ्सिर २५–२६ मा दमौलीमा खेलकुद महोत्सव हुने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा एन प्याब्सन तनहुँले प्रतियोगिता सम्बन्धी सबै जानकारी सार्वजनिक गराएकाे हाे । एन प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा लगभग तीन लाख ५० हजारदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।  प्रतियोगिताको मुख्य उद्देश्यका बारेमा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर चौहानले भन्नुभयो, “निजी विद्यालयले केवल किताबी ज्ञान मात्र होइन, खेलकुद र अनुशासनमार्फत विद्यार्थीको चौतर्फी विकास गर्नुपर्छ, यही सोचका साथ प्रतियोगिता आयोजना गरिएको हो ।”

उक्त प्रतियोगितामा २६ स्वर्ण पदकको व्यवस्था गरिएको छ भने लगातार तीन पटक विजेता बनेका विद्यालयलाई  शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । एन प्याब्सनका उपाध्यक्ष प्रकाश खड्का, विश्वास केसी र सचिव ऋषिकेश केसीले प्रतियोगितालाई निरन्तरता दिँदै विद्यार्थीहरूको अतिरिक्त विकासका लागि भावी वर्षहरूमा पनि यही कार्यक्रम जारी राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा जानकारी अनुसार प्रतियोगितामा उत्कृष्ट सहभागी सङ्ख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई-दुई हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घघाटन समारोहमा एन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा प्रमुख अतिथि हुने जानकारी पनि दिइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...