नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (फआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ । आईएका एक सय ५१ देशका  स्पोर्ट्स फेडेरेसनमध्ये, महादेशीय रूपमा जम्मा ६ वटा फेडेरेसनहरू मात्र सो अवर्डका लागि उत्कृष्टको सूचीमा सार्वजनिक भएका छन् । फआईएका अध्यक्ष मोहम्मदबिन सुल्येयामले सोमबार सामाजिक संजाल इन्स्टाग्राममार्फत परिणाम सार्वजनिक गर्दै उत्कृष्ट सूचीमा समावेश भएकोमा नासा नेपाललाई बधाई दिएका छन् । प्रत्येकवर्ष सदस्य सङ्घहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफलइभेन्ट, विशेषअभियान, प्राप्त उपलब्धि तथा सङ्घको क्रियाशीलता जस्ता सूचकका आधारमा उम्मेदवारी मागिने गरिन्छ । ती उम्मेदवारीहरुको विस्तृत अध्ययन र मूल्यांकन पछि महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गरिन्छ ।

यस वर्ष एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलङ्कालगायत देशले आधा दर्जन उम्मेदवारी दिएका थिए । जसको प्रारम्भिक सूची फआईएले यसअघि नै सार्वजनिक गरिसकेको थियो । आधारभूत तहदेखि महादेशीय स्तरसम्म मोटर स्पोर्ट्समा हासिल उपलब्धि, महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको उल्लेखनीय सहभागिता, आधारभूततहको फाउन्डेसन निर्माण, सार्वजनिक संलग्नता र पहिचानलाई मुख्य सूचक मान्दै नासा नेपालले अघि सारेको ग्रासरुट टु ग्लोरी अभियानले यस प्रतिष्ठित सफलतामा योगदान पुर्‍याएको हो । सङ्घको नवौँ साधारण सभाबाट पारित ‘नासा नेपाल: टोलदेखि वर्ल्डसम्म’ अवधारणा अन्तर्गतकै मुख्य परियोजना ‘ग्रासरुट टु ग्लोरी’ रहेको छ ।

आगामी डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने फआईएको साधारण सभामा सो अवर्ड प्रदान गरिने जानकारी हालै अवर्ड टिमले नासा नेपाललाई औपचारिक रूपमा दिएको छ । यो उपलब्धि समग्र नेपाली खेलकुद क्षेत्रका लागि एक गर्वको क्षण हुनेछ । नेसनलमोटर स्पोट्र्स एचिभमेन्ट अवार्डका लागि एसिया प्यासिफिक, मिडलइस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी ६ वटा उत्कृष्ट फेडेरेसन मध्येबाट एक सर्वोत्कृष्ट फेडेरेसन अझै सार्वजनिक हुन बाँकी छ । विश्वभरका मोटर स्पोर्ट्स र अटोमोबाइल फेडेरेसनहरूको गभर्निङ बडी फआईएमा हाल २४९ नेसनल फेडेरेसनहरू आबद्ध छन् । सन् १९०४ मा पेरिसमा स्थापना भएको फआईएले फर्मुलावान लगायत सम्पूर्ण मोटर स्पोर्ट्सको व्यवस्थापन र अनुगमन गर्ने गर्दछ । जहाँ नासा नेपाल २०१२ देखि पूर्ण सदस्यका रूपमा आबद्ध छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...