आन्तरिक आम्दानी नभएका ३५ विद्यालयलाई रतुवामाई नगरपालिकाद्वारा विद्युत् महसुल राहत

Published on

काठमाडौं । मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका सामुदायिक विद्यालयहरूलाई विद्युत् महसुल तिर्न सहयोग पुर्‍याउन राहत रकम उपलब्ध गराएको छ। नगर क्षेत्रका आठ माध्यमिक विद्यालय र २७ आधारभूत विद्यालयले महसुल भुक्तानीमा समस्या भोगेपछि नगरपालिकाले यो व्यवस्था गरेको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र पण्डितका अनुसार आठ वटा माध्यमिक विद्यालयलाई वार्षिक २० हजार रुपैयाँ र २७ वटा आधारभूत विद्यालयलाई वार्षिक १४ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ। नगरका पाँच माध्यमिक र एक आधारभूत विद्यालयले पर्याप्त आन्तरिक आम्दानी देखिएकाले उनीहरूले भने यो सुविधा पाएका छैनन्।

लामो समय माध्यमिक विद्यालयको प्रमुख रहेर सेवानिवृत्त भएका नागेश्वरप्रसाद सिंह गनगाई हाल नगरप्रमुख छन्। उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर बढ्न नसक्नुको प्रमुख कारण विद्यालयहरूले प्रविधिमैत्री शैक्षिक वातावरण विकास गर्न नसक्नु भएको बताए। विद्युत् आधारित शिक्षण सामग्री नगरले उपलब्ध गराए पनि विद्युत् महसुल तिर्न नसक्दा ती सामग्री प्रयोगमै नआउने अवस्थाले शिक्षणमा चुनौती देखिएको नगरप्रमुख सिंहले बताए। साथै विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई एकीकृत गर्ने योजना समेत अघि सारिएको उनको भनाइ छ।

spot_img

ताजा समाचार

बञ्जर र बगर क्षेत्रलाई हरियाली बनाउँदै बाँकेका सामुदायिक वन

काठमाडौं । बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न...

कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण सुस्त : विश्व बैङ्क

काठमाडौं । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक...

एनपिएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर...

एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच...