चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

Published on

काठमाडौं । युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबिचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ । बेइजिङमा भएको भेटमा सीले भन्नुभयो, “संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार बलियो बनाउनुपर्छ ।” मर्जले जवाफमा दुई देशबिच मतभेद भए तापनि साझा उद्देश्यमा जोड दिन र संयुक्त चुनौतीको सामना गर्न दुबैले आवश्यक रहेको दाबी गर्नुभयो । सी–मर्ज वार्ता मुख्यतया युक्रेन युद्ध, व्यापार घाटा र वैश्विक अर्थतन्त्रका चुनौतीमा केन्द्रित रह्यो । जर्मनीको चीन व्यापार घाटा गत वर्ष बढेको छ, जहाँ निर्यात ९.७ प्रतिशतले घटेर ८१ अर्ब ३० करोड युरो पुगेको छ भने आयात ८.८ प्रतिशतले बढेर एक खर्ब ७० अर्ब ६० करोड युरो पुगेको छ । मर्जले चिनियाँ साझेदारसँग एयरबस विमान अर्डर जस्ता सम्झौताले व्यापारिक सम्भावनालाई बढाउन मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।

चिनियाँ नेता सीले पनि युरोप र जर्मनीसँग ‘समान सहभागिता’ र सबै पक्षका वैध चिन्तालाई सम्बोधन गर्ने आवश्यकता औँल्याउनुभयो । उहाँहरूले द्वन्द्व समाधान र सुरक्षा, आर्थिक सहयोगका क्षेत्रमा आपसी समझदारी बढाउने प्रयासलाई प्राथमिकता दिने बताउनुभयो । मर्जको दुई दिने भ्रमणले उहाँलाई हाङ्झाउमा ह्युमनोइड रोबोट उत्पादन गर्ने प्रमुख कम्पनीको भ्रमणमा पनि लैजाने कार्यक्रम छ, जसले चीनको प्राविधिक क्षमताको अवलोकन गर्न सहयोग गर्ने छ । यो भ्रमण वासिङ्टन भ्रमणअघि भएकाले युरोप-चीन सम्बन्ध र अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा रणनीतिक महत्त्व राख्दछ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...